रौतहट ।। आउदो फाल्गुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनको लागि मनोयन पत्र दर्ताको कार्य सम्पन्न भएको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचनको लागि देश भरिको १६५ निर्वाचन क्षेत्रमा मनोयन पत्र दर्ता भएको छ । जेंन जी आन्दोलन पछि हुन् लागेका प्रतिनिधि सभाको निर्वाचनको लागि रौतहटमा पुर्व प्रधानमन्त्री देखि पुर्व मन्त्रि राज्यमन्त्रिले आ आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
पुर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका सह संयोजक माधव कुमार नेपाल ,नेपाल सरकारका पुर्व उद्योग मन्त्रि अनिल कुमार झाले नेपाली कांग्रेस पार्टीको तर्फबाट , प्रदेश सरकारका पुर्व कृषि राज्यमन्त्रि योगेन्द्र राय यादवले जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको साझा उम्मेदवारको रुपमा रौतहट क्षेत्र नम्बर १ बाट निर्वाचन आयोग नेपालको पुर्व निर्धारित कार्यक्रम अनुसार मनोयन पत्र दर्ता गराएका हुन् ।
नेकपा एमालेका तर्फबाट पुर्व नगर प्रमुख अजय कुमार गुप्ता , राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राजेश चौधरी , जनमत पार्टीको तर्फबाट देवेन्द्र मिश्र , आम जनता पार्टीबाट त्रिभुवन साह ,जन अधिकार पार्टी बाट संजय यादवले आ आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट डाक्टर मोहमद फिर्दोश आलम , नेकपा एमालेबाट मो महमद अतिउल्लाह , नेपाली कम्युनिस्ट पार्टीबाट पुर्व संसद किरण कुमार साह , जनता समाजबादी पार्टीबाट राम आसिश यादव , राष्ट्रिय स्वतन्त्र पार्टीबाट शेख सगीर , आम जनता पार्टीबाट श्री भगवान पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट राम कृपाल यादव , नेकपा एमालेबाट पुर्व प्रदेश सांसद कुन्दन कुशवाहा , नेपाली कम्युनिस्ट पार्टीबाट समाजसेवी चर्चित महिला पुनम यादव , राष्ट्रिय स्वतन्त्र पार्टीबाट रविन्द्र पटेल धिरज , आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष एवं पुर्व मन्त्रि प्रभु साह , जनता समाजवादी पार्टीबाट गोविन्द चौधरी,जनमत पार्टीबाट शेख प्रबेज आलम , नेपाल मजदुर किसान पार्टीबाट रेखा पटेलले उम्मेदवारी दर्ता गराएका छन् ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका देव प्रसाद तिमिल्सिना , नेकपा एमालेबाट रामजी साह , नेपाली कम्युनिस्ट पार्टीबाट राम कुमार भट्टराई ,आम जनता पार्टीबाट चर्चित संचारकर्मी ऋषि धमला , राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पौडेल लगायतले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
दर्ता प्रक्रिया अबेर सम्म चल्ने भएको कारण रौतहटमा दर्ता भएको उम्मेदवारको संख्या अहिले सम्म सार्वजनिक गरिएको छैन । फाल्गुन २१ मा हुने निर्वाचनको लागि रौतहटमा ठुल्ला तथा साना राजनीतिक दलहरुले महिलालाइ प्रत्यक्ष तर्फ हुने निर्वाचनको लागि बढी उम्मेदवार बनाएको देखिएको छैन । मनोयन दर्ताको कार्य शान्तिपूर्ण बातावरणमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मनोज केसीले जानकारी दिएका छन् ।
रौतहटमा पुरानै अनुहारको बोलबाला पुर्व प्रधानमन्त्री देखि पुर्व मन्त्रि चुनावी मैदानमा
रास्वपा प्रवक्ता मनिष झा धनुषा-३ बाट उठ्ने
काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झा धनुषा–३ बाट उम्मेदवार बन्ने भएका छन् ।
अघिल्लो पटकको निर्वाचनमा समानुपातिक सांसद झा यसपटक प्रत्यक्षको प्रतिस्पर्धी बन्न लागेका हुन् । गत निर्वाचनमा यस क्षेत्रमा एमालेबाट जुली महतोले निर्वाचन जितेकी थिइन् ।
एमालेबाट यसपटक पनि महतोलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट भने उम्मेदवार तय भइसकेको छैन । नेता विमलेन्द्र निधिको नाम एकल सिफारिस भएर आएको थियो ।
रौतहटमा निर्वाचन प्रहरीमा भर्नाका लागि दोवरको आवेदन
रौतहट ॥ आगामी फागनु २१ गते हुने निर्वाचनलाई लक्षित गरि गठन गरिने निर्वाचन प्रहरीमा भर्नाका लागि रौतहट जिल्लामा दोवर संख्यामा आवेदन दर्ता भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार निर्वाचन प्रहरी भर्नाका लागि जिल्लाभरबाट ६ हजार ७ सय ३६ जना युवायुवतीले आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार आवेदन दिनेहरूमध्ये अधिकांश युवा रहेका छन् भने महिला आवेदकको संख्या पनि उत्साहजनक देखिएको छ । निर्वाचन प्रहरीमा भर्नाको लागि ९ सय ३६ जना महिला र ५ हजार ३ सय ४८ जना पुरुष गरि जम्मा ६ हजार २ सय ८४ जना र शस्त्र प्रहरी तर्फ ४ सय ५२ जना युवायुवतीले आवेदन दिएको प्रहरी नयाव उपरिक्षक (डिएसप) विष्णु प्रदिप वस्यालले संगम खवरलाई जानकारी गराएका छन ।
पहाडका केही जिल्लाहरुमा मागँ अनुसारको आवेदन दर्ता नभए पछि सात दिनको म्याद थप गरिए पनि रौतहट जिल्लामा ३ हजार ४ सय ६६ शस्त्र प्रहरी तर्फ ३ सय ८५ जना रहेकोमा आवश्यक संख्याको करिव दोवर संख्यामा आवेदन परेकोले थप नगरिएको समेत प्रहरी नयाव उपरिक्षक (डिएसप) विष्णु प्रदिप वस्यालले बताउनु भयाे ।
आवेदन दर्ता प्रक्रिया सम्पन्न भएको जनाउँदै अब निर्धारित मापदण्ड अनुसार छनोट प्रक्रिया अगाडि बढाइने र छनोटमा सफल उम्मेदवारलाई आवश्यक तालिम प्रदान गरी निर्वाचन सुरक्षामा खटाइने डिएसप वस्यालले बताउनु भयाे ।
हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं :- गगन थापा
काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले विशेष महाधिवेशनको उद्घाटन आफू र अर्का महामन्त्री विश्वप्रकाश शर्मा मिलेर गर्नुपर्दा खुसी नलागेको बताएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘हामी यो मञ्चमा महामन्त्री विश्वप्रकाश शर्मा र मैले तल ओर्लिएर नेताहरूको तस्वीरमा माल्यार्पण गर्यौं, दियो बाल्यौं र गमलामा पानी हाले उद्घाटन गर्यौं । हामीलाई खुसी लागेको होइन,’ थापाले भने, ‘त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले गरेको हेर्न चाहन्थ्यौं । हाम्रो कार्यबाहक सभापति पनि यहाँ उपस्थित भएको हेर्न चाहन्थ्यौं ।’
साथै, उनले बाहिर देखिएजस्तो कांग्रेसमा भित्र झगडा नभएको बरु त्यो विचारको संघर्ष रहेको बताए ।
‘कतिलाई बाहिरबाट हेर्दा नेपाली कांग्रेसभित्र झगडा भइरहेकोजस्तो पनि लागेको होला । तर कुरा त्यो होइन । यो संघर्ष नै हो । तर शक्तिको संघर्ष होइन, विचारको संघर्ष हो,’ थापाले भनेका छन् ।
अभियान नेपाल ५३६ परिवारलाई जाडोको सहारा बने
रौतहट ।। रौतहटको दुर्गा भगवती गाउँपालिकामा चिसो तथा शीतलहरबाट प्रभावित विपन्न परिवारलाई राहत सामग्री वितरण गरिएको छ। इस्लामिक रिलिफ वर्ल्डवाइड (Islamic Relief Worldwide) को आर्थिक तथा प्राविधिक सहयोग र अभियान नेपाल (Campaign Nepal) को आयोजनामा पालिकाका विभिन्न वडाका ५३६ घरधुरीलाई हिउँदे राहत प्याकेज वितरण गरिएको हो।
गाउँपालिकाको वडा नम्बर १, २, ४ र ५ का लक्षित परिवारलाई चिसोबाट बचाउन प्रति परिवार ६,४६० रुपैयाँ बराबरको सामग्री प्रदान गरिएको छ। वितरण गरिएका सामग्रीहरूमा उच्च गुणस्तरको फाइबर सिरक, पछ्यौरा (Showl), मोजा र म्याट (Foam) लगायतका न्यानो कपडाहरू रहेका छन्।
राहत वितरण कार्यक्रममा दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु कुमार सिंहले विपद्को समयमा गैरसरकारी संस्थाहरूको सहयोग सराहनीय रहेको बताउनुभयो। उहाँले वास्तविक पीडित पहिचान गरी घरदैलोमै पुगेर न्यानो सामग्री वितरण गर्दा गरिब तथा विपन्न समुदायलाई ठुलो राहत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा सम्बन्धित वडाका वडाध्यक्षहरू, इस्लामिक रिलिफ नेपालका तर्फबाट इच्छा थापा र प्रज्ञा भण्डारीको विशेष उपस्थिति रहेको थियो। त्यसैगरी कार्यक्रमलाई व्यवस्थित बनाउन अभियान नेपालका प्रतिनिधिहरू शत्रुधन सिंह, मनिष ठाकुर, जितेन्द्र कुशवाहा, आकाश सिंह र पुष्पा यादव लगायतको समेतको उपस्थिति रहेका थिए ।
तराईमा बढ्दो शीतलहरका कारण जनजीवन प्रभावित भइरहेका बेला प्राप्त यी सामग्रीले विशेषगरी बालबालिका, सुत्केरी र वृद्धवृद्धाहरूलाई चिसोबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने स्थानीय बासिन्दाहरूले बताएका छन्।
दुबई उडेका गंगा चार महीना पछि दिल्लीमा बेवारिसे अवस्थामा भेटिए
राैतहट ।। दुबई जान उडेका उदयपुरका गंगाबहादुर चार महीनापछि दिल्लीमा बेवारिसे अवस्थामा भेटिएकाे छ ।
उदयपुर कटारिको गंगाबहादुर दर्लान (परियार) दुबई रोजगारीका लागि भन्दै घरबाट निस्किएका मात्रै थिएनन उनी एअपोर्टबाट बिदाइ भएर उडेका थिए तर उनी दुबई नपुगी भारतको दिल्लीमा ४ महिनापछि बेवारिसे अवस्थामा फे’ला परेका छन्।
दिल्लीमा भेटिएपछि ‘वैदेशिक रोजगार उद्धार नेपाल’ को पहलमा उनलाई नेपाल ल्याइएको छ। उद्धारपछि गंगाबहादुरलाई उपचारका लागि काठमाडौंको टिचिङ अस्पताल भर्ना गरिएको छ। अस्पतालका अनुसार उनको खुट्टाको एक औँला गा यब रहेको छ। औँला कसरी र कहिले ह रायो भन्ने विषयमा भने हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। उनी दिल्लीमा बिजोग अवस्थामा भेटिएको भिडियो नै बाहिरिएको थियो ।
उनी कसरी दिल्लीमा बेजारिसे भएभन्ने बिषयमा परिवार र स्वयमा उनी नै अन्जान छन ।
मन्त्री गुप्ताको भ्रमणबारे तीव्र आलोचना, एनआरएनए अमेरिका विभाजित , बोल्न बाध्य
काठमाडौँ ।। युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताको अमेरिका भ्रमण र कार्यक्रमलाई लिएर गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाबाटै फरक फरक धारणा आएपछि एनआरएनए वृत्तमा हंगामा भएको छ।
एउटै विषयमा एनआरएनए एनसीसी यूएसएबाट दुई फरक–फरक विज्ञप्ति आएपछि भ्रम सिर्जना भएको भन्दै एनआरएनएकै केन्द्रले औपचारिक रूपमा प्रेस विज्ञप्ति जारी गर्दै यसबारे स्पष्ट पार्न खोजेको छ।
एनआरएनए केन्द्रको सचिवालय बालुवाटारमा रहेको छ भने यसको विश्वभर शाखाका रुपमा एनसीसीहरु रहेका छन् । तर, एनआरएनए एनसीसी अमेरिकामा दुई वटा रहेको र दुईवटाको फरक फरक धारणा आएको थियो ।
एनआरएनएको केन्द्रमै पनि दुई कमिटी रहेकामा केहीअघि मात्रै एकताको घोषणा भएको थियो । केन्द्रको विज्ञप्तिमा विकास उप्रेतीको अध्यक्षतामा गठित एनआरएनए एनसीसी यूएसएले मन्त्री गुप्तालाई औपचारिक रूपमा आमन्त्रण गरेको स्पष्ट पारिएको छ।
साथै, एनआरएनएमा विगतमा देखिएका आन्तरिक असमझदारी अन्त्य गर्दै केन्द्रमा एकताको सम्झौता सम्पन्न भइसकेको र राष्ट्रिय समन्वय परिषद्हरू पनि एकताको प्रक्रियामा सहभागी भइरहेको उल्लेख गरिएको छ।
एनआरएनए अमेरिकाले भन्यो– खेलकुद मन्त्रीलाई अमेरिका आमन्त्रण गरिएको छैन
तर, विकास उप्रेती र सत्येन्द्र शाहको अध्यक्षतामा रहेका दुई एनसीसी यूएसएबीच समन्वयको अभावका कारण पछिल्लो विवाद उत्पन्न भएको केन्द्रको ठहर छ। यही कारणले मन्त्री गुप्ताको भ्रमणलाई लिएर विरोधाभासपूर्ण सन्देश गएको स्वीकार गरिएको छ।
शाह नेतृत्वको कार्यसमितिले गुप्तालाई एनआरएनएले बोलाउँदै नबोलाएको भनेर विज्ञप्ति जारी गरेको थियो । त्यसपछि हंगामा हुन पुगेको थियो ।
केन्द्रले मन्त्री गुप्तालाई ‘Role of NRNA Youth in the Development of Nepal Post Gen-Z Revolution’ शीर्षकको कार्यक्रममा नेपाली समुदायसँग प्रत्यक्ष अन्तरक्रिया र विचार–विमर्शका लागि आमन्त्रण गरिएको संघको दाबी छ।
उक्त कार्यक्रमको उद्देश्य विदेशमा रहेका नेपाली युवालाई नेपालको विकास प्रक्रियासँग जोड्नु रहेको उल्लेख छ। एनआरएनएले आगामी दिनमा यस्ता अवस्था दोहोरिन नदिन आन्तरिक समन्वय र सूचना प्रवाह प्रणालीलाई व्यवस्थित बनाउने प्रतिबद्धता जनाएको छ।
यसैबिच गुप्ताको भ्रमणबारे तीव्र आलोचना भएसँगै शुक्रबार उनले अमेरिका नजाने बताइसकेका छन् ।
सवारी दुर्घटनामा एक युवकको मृत्यु
रौतहट ।। सवारी दुर्घटनामा परि एक जना युवकको मृत्यु भएको छ । रौतहट जिल्लाको बौधिमाई नगरपालिका-१ स्थित भुवाली चौकमासोमबार बिहान भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
EV गाडी र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने युवक बौधिमाई नगरपालिका–२ इनर्वा निवासी दिपेन्द्र बैठा रहेको छ । बिहान EV गाडी र विपरीत दिशाबाट आउँदै गरेको बैठाले चलाउदै गरेको मोटरसाइकल भुवाली चौकमा ठोक्किएका थिए। घटनामा परि मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताए ।
दुर्घटनापछि घटनास्थलमा प्रहरीको टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ। मृतकको पहिचान तथा दुर्घटनाको कारणबारे थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।
Food Basket Distribution Brings Relief to Poor Families in Rautahat, Nepal
Rautahat District, Nepal — In an effort to support vulnerable communities facing food insecurity, Iqra Educational And Association Development recently carried out a food basket distribution project for poor and needy families in Rautahat District.
The initiative aimed to provide immediate relief to households struggling to meet their basic food needs due to economic hardship. A total of 50 families benefited from the distribution, which was conducted in an organized and respectful manner to ensure fairness and dignity.
Each food basket contained essential daily-use items including rice, wheat flour, cooking oil, gram (lentils), onions, garlic, potatoes, sugar, packet milk, salt, soybeans, and other basic grocery items. These items were selected based on local dietary habits so that families could immediately use the assistance.
Food insecurity remains a serious challenge in many rural parts of Nepal, especially for daily wage workers, widows, elderly individuals, and families with irregular income. Programs like this food basket distribution help reduce immediate stress on households and allow families to focus on health, work, and children’s education.
Iqra Educational And Association Development has been actively engaged in humanitarian and welfare activities across Nepal, focusing on food security, clean water access, shelter support, education, and community welfare. The organization follows a community-based approach, working closely with local volunteers to identify deserving families and deliver aid responsibly.
Beneficiary families expressed appreciation for the timely support, noting that the food baskets would help them manage household needs for several days. Local community members also highlighted the importance of such initiatives in times of economic difficulty.

The food basket distribution in Rautahat District reflects the organization’s ongoing commitment to supporting poor and vulnerable communities through practical and compassionate interventions.
नेपाल पुस्तक व्यवसायी महासंघ राैतहटको अध्यक्षमा मिश्र निर्वाचित
चञ्चल कुमार झा
राैतहट ।। नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ राैतहट शाखाको सम्पन्न निर्वाचनमा दिपेन्द्र कुमार मिश्र निर्वाचित हुनु भएको छ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्य समिति रौतहटको शनिबार भएको निर्वाचनकाे अबेर राती आएको नतिजामा राैतहटकाे दुर्गाभगवती गाउँपालिका वडा नं. ३ मत्सरी निवासी न्यु युनाइटेड बुक तथा स्टेसनरी सेन्टर, गौरका सञ्चालक दिपेन्द्र कुमार मिश्र जिल्ला अध्यक्षमा निर्वाचित हुनुभएको छ।
रौतहट जिल्लाको मध्य भाग गरुडामा रहेको एन प्लाजाको सभाहलमा सम्पन्न निर्वाचनमा मिश्रले आफ्ना प्रतिद्वन्द्वी चन्द्रनिगाहपुरका पुस्तक व्यवसायी विशाल जित तमाङलाई १ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गर्नुभएको हो।
निर्वाचन अधिकृत नव निधि पन्तका अनुसार जिल्लामा मतदान गर्ने मतदाताकाे कुल संख्या ५४ रहेकाे मध्ये ५२ जना पुस्तक व्यवसायी मतदान गर्नु भएको थियाे ।
निर्वाचनमा मिश्रले २६ मत प्राप्त गर्नुभयो भने तमाङले २५ मत प्राप्त गर्नुभएको थियो। खसेका कुल मतमध्ये १ मत बदर र ५१ वटा मत सदर भएको निर्वाचन अधिकृत पंतले हिमालय टाइम्सलाई जानकारी दिनु भएको छ ।
निर्वाचित भएपछि प्रतिक्रिया दिँदै नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ जिल्ला कार्य समिति रौतहटका नव निर्वाचित अध्यक्ष मिश्रले आफूलाई विश्वास गरेर मतदान गर्ने सम्पूर्ण व्यवसायीप्रति आभार व्यक्त गर्नुभयो।
पुस्तक तथा स्टेसनरी व्यवसायीहरूको हक–हित, समस्या समाधान र व्यवसायलाई व्यवस्थित तथा मर्यादित बनाउने मेरो मुख्य प्राथमिकता हुने अध्यक्ष मिश्रले जानकारी दिनु भएको छ ।
सबै व्यवसायीलाई साथमा लिएर महासंघलाई अझ सशक्त र एकताबद्ध बनाउने उहाँले प्रतिबद्धता व्यक्त गर्नु भएकाे छ ।
अध्यक्ष मिश्रले आगामी दिनमा जिल्लाभरिका पुस्तक तथा स्टेसनरी व्यवसायीहरूबीच आपसी समन्वय बढाउने, व्यवसायिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने तथा सरकारी निकायसँग सहकार्य गर्दै व्यवसायीका समस्या समाधानका लागि पहल गर्ने योजना रहेको पनि बताउनु भएको छ ।
निर्वाचन शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको भन्दै सहभागी व्यवसायीहरूले नयाँ नेतृत्वबाट व्यवसायीहरूको हक–हितका लागि सकारात्मक र प्रभावकारी भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन्।